गर्भनरको निशानामा दुर्गा प्रसाई

गर्भनरको निशानामा दुर्गा प्रसाई

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विवादास्पद व्यवसायी दुर्गा व्यवसायी र उनको समूहलाई सरकारले तत्काल कानून कारवाहीमा ल्याउनुपर्ने बताएका छन् । 

आज प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै उनले बैंकिङ उद्योगलाई धरासायी बनाउने गरी राजनीति गरिएको भन्दै यस्तो बताएका हुन् । 

'बैंकका कर्मचारीहरुलाई कालो मोसो दल्ने, बैंकबाट निस्कनेबित्तिकै कारबाही गर्ने समूहहरु देखिएका छन्', अधिकारीले भने, 'बैंकिङ उद्योगलाई धरासायी बनाउन अरु खालका राजनीति गाँसिएको देख्छु, यसलाई राज्यको तर्फबाट कानूनको परिधिभित्र ल्याउनु आवश्यक छ ।' 

गर्भनर अधिकारीले प्रभु बैंकका डेपुटी सिइओ मनोज पाण्डे प्रक्राउ पर्दैमा अन्य बैंकर्सहरुलाई आतंकित नहुन पनि आग्रह गरेका छन् । सिआइबीले केही दिन अघि पाण्डेसहित १० जनालाई पक्राउ परेको घटना स्मरण गर्दै उनले भने, 'प्रमुख कार्यकारी अधिकृतहरुलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको विषय छ, तर बैंकर्सहरु आत्तिनु पर्दैन ।' 

यद्यपि, गल्ती गरेमा जो-कोही पनि सजायको भागिदार हुनुपर्ने गर्भनर अधिकारीको तर्क छ । सहकारी घटनाको छानविन गर्दा लहरोमा बैंकर्सहरु पक्राउ पर्नु स्वाभाविक रहेको उनले बताए । बरु अनुसन्धानमा बैंकर्सहरुले सहयोग गर्नुपर्ने उनको ठहर छ ।

'प्रहरीले अहिले सहकारीको अनुसन्धान गरिरहेको रहेछ, सहकारीको छानविन गर्दा लहरोमा बैंकर्सहरु पक्राउ पर्नुभएको रहेछ', उनले थप्दै भने,  'कुनै कसुर नभए उहाँहरु निस्कि हाल्नुहुन्छ, गल्ति गर्नुभएको भए कानून अनुसारको सजाय भोग्नुपर्छ। छानविनमा सहयोग गर्नु हाम्रो कर्तव्य हो ।'

टिप्पणीहरू