हनुमन्ते खोलामा स्कुटरसहित शव भेटियो

हनुमन्ते खोलामा स्कुटरसहित शव भेटियो

भक्तपुरको हनुमन्ते खोलामा स्कुटरसहित एक युवकको शव फेला परेको छ । 

मध्यपुरथिमी नगरपालिका–९, राधेराधेस्थित हनुमन्ते खोलामा काठमाडौंको कोटेश्वर बस्ने इलामका २६ वर्षीय छत्र थापाको शव भेटिएको हो । आज बिहान बा.८६ प.९७३० नम्बरको स्कुटरसहित उत्तानो अवस्थामा शव खोलामा फेला परेको जिल्ला प्रहरी परिसर, भक्तपुरका डिएसपी वसन्त पाठकले जानकारी दिए ।   

उनका अनुसार शव पोष्टमार्टमको लागि दुवाकोटस्थित केएमसी अस्पताल लगिएको छ । यससम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू