रवि लामिछानेको कार्यालय अगाडि पीडितहरुको धर्ना, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको माग

रवि लामिछानेको कार्यालय अगाडि पीडितहरुको धर्ना, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको माग
सुन्नुहोस्

लघुवित्त पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालय अगाडि धर्ना दिएका छन् । काठमाडौंको बनस्थलीस्थित रास्वपाको केन्द्रीय पार्टी कार्यालयमा आज उनीहरुले धर्ना दिएका हुन् । 

लघुवित्त तथा वित्तिय शोषणविरुद्धको संघर्ष समितिको अगुवाईमा झण्डै ८० जनाले त्यहाँ पुगेर पार्टी नेतृत्वलाई ज्ञापनपत्र समेत बुझाइएको छ । सहकारी, बैंक, लघुवित्त तथा वित्तिय संस्थाहरुको कालोसूची र धितो लिलामको प्रक्रियाले लाखौं सर्वसाधारण सुकुम्बासी भएको जनाउँदै उनीहरुले यस्ता गतिविधि रोक्न सहजीकरणका लागि आग्रह समेत गरेका छन् । 

लघुवित्तिय संस्थाहरु खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्नुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने, जनपक्षीय मौद्रिक नीति कायम गर्नुपर्ने, कालोसूची तथा धितो लिलाम फुकुवा गर्नुपर्ने, भूमिहीन तथा वित्तिय शोषणका पीडितलाई मुआब्जाको व्यवस्था र प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुख हुनुपर्ने उनीहरुको माग छ ।
 

टिप्पणीहरू