बस दुर्घटनामा मृतकको संख्या ७ पुग्यो, गम्भीर घाइतेको काठमाडौंमा उपचार

बस दुर्घटनामा मृतकको संख्या ७ पुग्यो, गम्भीर घाइतेको काठमाडौंमा उपचार

त्रिशुली नदीमा आज बिहान बस खस्दा मृत्यु हुनेको संख्या सात पुगेको छ । रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु.२ ख २१२१ नम्बरको बस धादिङको गजुरी गाउँपालिका–५, घाटबेशीमा दुर्घटनामा परेको बताइएको छ ।

दुर्घटनाका घाइते ३५ जनामध्ये १० जना गम्भीर अवस्थाकालाई उपचारार्थ काठमाडौं ल्याइएको छ । केहीलाई चितवन लगिएको छ भने सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बसमा कति यात्रु थिए भन्नेबारे यकिन भएको छैन । 

मृतकहरूको सनाखत हुन सकेको छैन । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित स्थानीयको उद्दार कार्य जारी छ ।

टिप्पणीहरू