हास्य कलाकार जितु नेपालले अब के गर्लान् ?

हास्य कलाकार जितु नेपालले अब के गर्लान् ?
सुन्नुहोस्

नेपालका ९० प्रतिशत निर्माता र कलाकार कथा, पटकथा, संवाद, अभिनय वा प्रस्तुतीमा भन्दा मेकअप तथा फेशनमा बढी भर परेको देखिन्छ । ठ्याक्कै अहिले यस्तै दलदलमा जितु नेपाल फसेको भन्न थालिएको छ । 

पाँच वर्ष अघिसम्म जितुले चलचित्र र टेलिसिरियलबाट राम्रै कमाइरहेका थिए । तर त्यसलाई चटक्कै छाडेर ’मुन्द्रेको कमेडी क्लब’ घोषणा गरे । तर अहिले उनको हालत ’लोभले लाभ, लाभले विलाप’ भनेझंै भएको निकटस्थहरु बताउँछन् । जितुलाई त्यतिबेला लागेको थियो कि, विज्ञापनबाट टन्नै कमाइन्छ ।

सुरुमा जितुले आफ्नै करौडौं शोमा लगानी गरे । त्यतिले नपुगेपछि उनले केही बैंकहरुबाट समेत सहयोग लिए । विज्ञापन आइहाल्छ, कमाइ भइहाल्छ, अनि तिरिहालिन्छ भन्ने सोच थियो । तर त्यसो नभएको घटनाक्रमले देखाएको छ ।

समयकाल र परिस्थितिले अपेक्षित विज्ञापन आएन । जति विज्ञापन पाए, तीबाट पनि अपेक्षाभन्दा न्यून रकम पाए । त्यसपछि धेरैलाई थाहा भयो नेपालमा विज्ञापन बजार कस्ते छ भनेर । 

पाँच वर्षसम्म जसोतसो थेगिएको शो अन्नत बन्द भएको छ । उनले सामाजिक सञ्जालमार्फत शो सधैको लागि बन्द भएको जानकारी दिएका छन् । 

तीन सिजनमा १८४ वटा एपिसोड प्रशारण गरिएको जानकारी दिँदै उनले शो एक्कासी बन्द गर्नुपर्ने अवस्था आएको बताए । जितु निकटका केही कलाकारहरुका अनुसार टेलिभिजनले सम्झौता अनुरुप प्रशारणको समय नदिएको र आर्थिक भार बढ्दै गएपछि शो बन्द गर्नु परेको हो । शोमा ४० भन्दा बढी कर्मचारीले काम गर्दै आएका थिए । 

त्यसो त, मुन्द्रेको कमेडी क्लबलाई दर्शकहरुले भारतीय कमेडी शो ‘द कपिल शर्मा’ शोको नक्कलको आरोप लागेको थियो । एकातिर व्यपाक आलोचना र अर्कोतिर आर्थिक भार बढ्दै गएको कारण शो स्थायी रुपमै बन्द भएको अनुमान छ । 

उनले शोबाट लगानी गरिएको रकम समेत उठाउन नसकेको बताइन्छ ।  उठोस् पनि कसरी ? जितुले शोमा अध्यक्षको निम्ति महंगा कलाकार दीपाश्री निरौला, करिश्मा मानन्धर र प्रियंका कार्कीलाई भित्र्याएका थिए । उनले रोजेका निर्देशक दिनेश डिसी पनि महँगैमा पर्छन् । 

कलाकारहरुको पनि उस्तै जम्बो टोली थियो । खर्च निकै भएकाले कुनै महिना तलब खुवाउन समेत अपुग हुने गरेको यथार्थ एकजनाले बताए । 

जितुले शो बन्द गरिसकेकाले अब उनी चलचित्र र टेलिसिरियलमै फर्किन्छन् वा के गर्छन् ? त्यो हेर्न भने केही समय कुर्नुपर्ने भएको छ ।

टिप्पणीहरू