रविको स्वार्थ, स्वर्णिमको विद्धता व्यर्थ

रविको स्वार्थ, स्वर्णिमको विद्धता व्यर्थ
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेससँगको गठबन्धन टुटाएपछि बनेको नयाँ मिलिजुली सरकारमा रवि लामिछाने नेतृत्वको रास्वपा पनि सहभागी भएको छ । सरकारमा एमाले र माओवादीले झैँ रास्वपाले पनि उपप्रधानमन्त्रीको भाग पाएको छ ।

रवि आफैँले एक वर्षअघि झैँ उक्त जिम्मेवारीसहित गृहमन्त्रालय पाएका छन् । १८ सदस्यीय मन्त्रिमण्डलमा उक्त पार्टीबाट अन्य तीन जना सांसद सामेल छन् । 

आइतबार अघिल्लो गठबन्धन टुटाउनुअघि प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्र झन खस्किउनुको मुख्य कारकका रुपमा अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै दक्षता र क्षमता प्रदर्शन गर्न नसकेको किटानी गर्नुभएको थियो । मुलुक र सर्वसाधारणको अवस्थाले पनि प्रधानमन्त्रीको उक्त भनाईलाई पुष्टि गरेको छ ।

"विगतमा योजना आयोग उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका वाग्लेलाई आफूले चाहेको गृह मन्त्रालय छाडेर मुलुकको अर्थतन्त्र उकास्ने जिम्मेवारी दिन किन चाहेनन् ? स्पष्ट छ,आफ्ना सबै लफडा ‘सेटल’ नगरेसम्म मुलुक र जनता भनेको गौण विषय हो । यही आरोप उनले यसअघि ठूला दलका अधिकांश नेतामाथि लगाउँदै आएका थिए ।"

अघिल्लो गठबन्धन भत्काउन कम्मर कसेर लाग्नेमध्ये एक जना रवि स्वयम हुन् । भलै उक्त पार्टीबाट नयाँ पुस्ताका सांसद तथा नेताहरुले पुराना ठूला दल र नेताबाट मुुलुकको जल्दोबल्दो समस्या समाधान नहुने आवाज उठाउँदै आएका छन् । यस्तो अवस्थामा लामिछानेले ‘मलाई त्यही मन्त्रालय चाहिन्छ’ भन्ने शैलीमा उपप्रधान तथा गृहको माग गरेपछि उनको दोस्रो पटकको इच्छा आज साँझ शीतल निवासमा शपथ ग्रहणपछि पूरा भएको छ । नागरिकता,पासपोर्ट,राष्ट्रिय परिचय पत्र काण्डसहित पछिल्लो पटक उनीमाथि विभिन्न सहकारीमा रहेको सर्वसाधारणको करोडौं बचत अपचलन गरेको गम्भीर आरोप पनि लागेको छ ।

सर्वसाधारणको जल्दोबल्दो समस्या बोकेर हिँडेको दावी गर्दै आएका उनै लामिछानेले नयाँ पुस्ताले निकै आशा गरेका अर्थशास्त्री तथा आफ्नै उपसभापति सांसद डा. स्वर्णिम वाग्लेलाई भने यसपटक मज्जैसँग पन्छाएका छन् । विगतमा योजना आयोग उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका वाग्लेलाई आफूले चाहेको गृह मन्त्रालय छाडेर मुलुकको अर्थतन्त्र उकास्ने जिम्मेवारी दिन किन चाहेनन् ? स्पष्ट छ,आफ्ना सबै लफडा ‘सेटल’ नगरेसम्म मुलुक र जनता भनेको गौण विषय हो । यही आरोप उनले यसअघि ठूला दलका अधिकांश नेतामाथि लगाउँदै आएका थिए । 

अमेरिकाको विश्वविख्यात हार्वर्ड विश्वविद्यालयबाट मास्टर्स,लण्डन स्कूल अफ इकोनोमिक्सबाट स्नातक र अष्ट्रेलियाबाट पीएचडी गरेका उनले विश्व बैंक, युएनडिपीलगायत अन्तर्राष्ट्रिय संघ संस्थामा काम गरिसकेका छन् । यसअघि योजना आयोगमा बसिसकेका उनलाई मुलुकको अर्थतन्त्र सुधार्ने जिम्मा दिँदा रास्वपाको के बिग्रन्थ्यो ? तर, रविको सकारात्मक नजरमा स्वर्णिम अझै केही समय नपर्ने आजको घटनाले संकेत गरेको छ । नाम नबताउने शर्तमा रास्वपाका एक जना सांसदले भने,‘वाग्ले र अनिल शाहलाई उनले बैंकको पत्रको व्याख्या गर्ने हैसियतभन्दा बढी राखेको देखिएन ।’

टिप्पणीहरू