टुँडिखेलमा तोप बढाइँ, पशुपतिमा पूजाआराधना

टुँडिखेलमा तोप बढाइँ, पशुपतिमा पूजाआराधना
सुन्नुहोस्

नेपाली सेनाले स्थापनाको २६१औं वार्षिकोत्सव मनाउन विविध कार्यक्रमको आयोजना गरेको छ । राजधानीको सैनिकमञ्चमा विशेष समारोह भइरहेको छ । 

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत विशिष्ट पदाधिकारीहरुको उपस्थिति छ । शिवरात्रि तथा सेना दिवसका अवसरमा सेनाले सैनिकमञ्च टुँडिखेलमा हरेक वर्ष विशेष कार्यक्रमको आयोजना गर्दै आएको छ ।

कार्यक्रममा परेड तथा तोप बढाइँ, कवाज प्रस्तुत गरिएको छ । सेनाका अनुसार टुँडिखेलमा नेपाललगायत भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाले सांगीतिक प्रस्तुति र प्रदर्शन गर्ने कार्यक्रम छ । 

आजै शिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको घुईंचो लागेको छ । मुलुकका विभिन्न शिवालयमा पनि भक्तजनको भीड लागेको बताइएको छ ।

तस्बिरहरु

टिप्पणीहरू