मन्त्रीबाट हटेका सुदन किरातीले अर्को गीत ल्याउने

मन्त्रीबाट हटेका सुदन किरातीले अर्को गीत ल्याउने
सुन्नुहोस्

निवर्तमान मन्त्री तथा माओवादी केन्द्रका सांसद सुदान किरातीको नयाँ गीत बजारमा आएको छ ।

किरातीले लेखेको 'पलपल बगिरहेछु' बोलको गीतको भिडियो हिजो युटुबमा सार्वजनिक गरिएको हो । शान्तिराम राईले म्युजिक कम्पोज रहेको गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल, मलिका महत, किरातीलगायत देखिएका छन् । 

किरातीले आफ्नो जन्मदिनको अवसरमा गीत सार्वजनिक गर्न चाहेपनि समय अभावले ढिला भएको बताए । 'मेरो जन्मदिन फागुन १८ गते, त्यही दिन नै सार्वजनिक गर्ने इच्छा थियो तर पूर्वनिर्धारित कार्यक्रममा जानुपर्ने भएकाले भ्याइन', उनले भने  'आज हामीले जन्म आफैँमा मान्छेको ठुलो सिर्जना हो र यसलाई नै फरक तरिकाले मनाऊँ भनेर हो ।'

अबको केही महिनामा फेरि अर्को बुद्ध र लुम्बिनीसँग सम्बन्धित गीत सार्वजनिक गर्ने पनि उनले उद्घोष गरेका छन् । यसअघि पनि किरातीका थुप्रै गीतहरु सार्वजनिक भइसकेका छन् । साहित्य सृजनामा रुची राख्ने उनले पुस्तक पनि लेखेका छन् ।


 

टिप्पणीहरू