विश्व सुन्दरी बनिन् पिज्कोभा,नेपालकी प्रियंका ४० औं

विश्व सुन्दरी बनिन् पिज्कोभा,नेपालकी प्रियंका ४० औं

७१औँ  ‘मीस वर्ल्ड’ प्रतियोगिताको उपाधी चेक गणतन्त्रकी क्रिस्टिना पिज्कोभाले जितेकी छन् । 

गएराती मुम्बईमा सम्पन्न ग्राण्ड फिनालेमा २५ वर्षीया पिज्कोभाले उपाधी जितेकी हुन् । कानून र व्यवसायिक प्रशासनमा स्नातकोत्तर गरेकी पिज्कोभाले परिवारविहिन बालबालिकाहरुको हकहितमा काम गर्ने बताएकी छन् । 

सन् १९९६ मा आयोजना गरिएको थियो । त्यसको करिब २८ वर्षपछि फेरि यो वर्ष त्यहीँ आयोजना गरिएको हो ।

त्यस्तै लेबनानकी यास्मिन अजायतौन फर्स्ट रनरअप बनेकी छन् । प्रतियोगितामा नेपालकी प्रियंका रानी जोशी मुख्य ४० भन्दा माथि जान सकिनन् । ग्राण्ड फिनालेलाई करण जोहरले होस्ट गरेका थिए ।  

यो प्रतियोगिता भारतमा पहिलो पटक सन् १९९६ मा आयोजना गरिएको थियो । त्यसको करिब २८ वर्षपछि फेरि यो वर्ष त्यहीँ आयोजना गरिएको हो । अधिकांश मीस वर्ल्ड प्रतियोगिताहरु युरोपियन देशहरुमा आयोजना हुने गर्छन् ।

टिप्पणीहरू