हुन नसकेकी ‘भाउजू’ सँग नाजिरको ‘रोमान्स’

हुन नसकेकी ‘भाउजू’ सँग नाजिरको ‘रोमान्स’
सुन्नुहोस्

अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठ जनकपुर पुगेका छन् । ‘केटी हराएको सूचना : मिसिङ’ को छायाङ्कनका लागि उनीहरु त्यता गएको बताइएको छ । 

एक साताअघि काठमाडौंमा औपचारिक घोषणा गरिएको उक्त चलचित्रको निर्देशन दीपेन्द्र गौचनले गर्दैछन् । चलचित्रमा क्यूएफएक्सका मालिक नाकिम उद्दिनले लगानी छ भने अमर महर्जनले खिच्दैछन् । 

चलचित्रको मुख्य भूमिकामा रहेका नाजिरले वास्तविक नातामै हुन नसकेकी ‘भाउजु’ पर्ने सृष्टिसँग रिलमा रोमान्स गर्दैछन् । सृष्टि अभिनेता सौगात मल्लकी पूर्वप्रेमिका हुन् । 

सौगातलाई नाजिर आफ्नो अभिनयका गुरु र नातामा दाई मान्छन् । एक महिना अघिसम्म उनी सृष्टिलाई ’भाउजु’ सम्बोधन गर्ने गर्थे । 

तर, अहिले सृष्टि र सौगातको ’ब्रेकअप’ भइसकेको छ । अब आफूले ’भाउजु’ मानेकी सृष्टिसँग नाजिरले कत्तिको केमेष्ट्रि मिलाउन सक्छन्, त्यो भने हेर्न बाँकी छ ।

टिप्पणीहरू