दिशाको पहिरनले सबै दंग

दिशाको पहिरनले सबै दंग
सुन्नुहोस्

अब्बल अभिनय र बोल्ड फोटोशुटका कारण चर्चामा आइरहने बलिउड अभिनेत्री हुन्, दिशा पटानी । उनै दिशा अहिले फेरि एक पटक चर्चामा छिन्, बोल्ड पहिरनका कारण । 

गत शुक्रबार दिल्लीको मन्दपाम कन्भेन्सन सेन्टरमा 'एफइएफ फेशन अर्वाड'को समारोह आयोजना गरिएको थियो । फेशन इन्टप्रनअर फन्डका रुपमा चर्चा कमाएको अवार्ड समारोहमा विभिन्न देशका सेलिब्रेटीहरु उपस्थित थिए । 

दिउँसो २ बजेबाट शुरु भएको कार्यक्रम ४ बजेसम्म सामान्य तरिकाले चलिरहेको थियो । त्यसको दुई घण्टापछि जब दिशा पुगिन्, तब माहोल तातियो । सबै क्यामेरा उनीतिरै तेर्सिए । दर्शकले ताली बजाएर स्वागत गरे । उपस्थित अन्य अतिथिहरुले पनि दिशालाई एकोहोरो हेरिरहे । समग्रमा कार्यक्रमको मुख्य आकर्षण बनिन् उनी । 

अन्तराष्ट्रिय सेलिब्रेटीहरुलाई समेत छायाँमा पारेर दिशाले सबैको ध्यान आफूतिर खिच्न सफल हुनुको कारण हो, उनको पहिरन । वास्तवमा उनी 'योद्धा' चलचित्रको प्रमोशन गर्न त्यहाँ पुगेकी थिइन् । 

रातो पहिरनमा सजिएकी उनलाई सुहाएको पनि थियो । दिशाको सुन्दरता देखेर केही दर्शकहरुले त्यहाँ खुलेर तारिफ गरे । कतिपयले उनलाई अहिलेसम्म कै 'बोल्ड अवतार' भने । कतिपयले 'सुन्दरताको खानी' को उपमा भिराइदिए । 

सोही कार्यक्रममा दिशाले खिचाएका तस्वीर र भिडियोले भारतीय सञ्चारमाध्यम तताएका छन् । स्मरण रहोस्, पर्सि शुक्रबारबाट दिशा अभिनित 'योद्धा' विश्वभर एकैसाथ रिलिज हुदैछ । चलचित्रमा दिशाको आलावा सिदार्थ मल्होत्रा र राशी खन्ना पनि मुख्य भूमिकामा छन् ।

टिप्पणीहरू