देउवा–गगन वार्ता

देउवा–गगन वार्ता
सुन्नुहोस्

कांग्रेस सभापति शेरबहादुर देउवाले एकाबिहानै महामन्त्री गगन थापालाई फोन गर्नुभएछ । दुई नेताबीच बहुत गम्भीरै बहस भयो । त्यो यस्तो थियो–

— सरकारबाट घोक्राइहाल्यो । अब त तपाईंंलाई आनन्दै भयो होला नि !

— मलाई किन आनन्द हुनु ? मैले घोक्र्याएको हो र ?

— तपाईंंले त्यो प्रस्ताव नल्याएको भए घोक्राउँथ्यो ? 

— त्यति प्रस्ताव ल्याउनेबित्तिकै घोक्र्याउँछ भनेर मलाई के थाहा ?

— गठबन्धनै चाहिँदैन भनेपछि घोक्राउँदैन त भनेर भन्देखुन्लाई ? 

— मैले गठबन्धन अहिल्यै चाहिँदैन त कहाँ भनेको हुँ र ! चौरासीको चुनावमा पो चाहिँदैन भन्या त । 

— इ, यत्रो भन्यो चौरासीको चुनाव । गठबन्धन हुँदा त यहाँ सरकारमा पुग्न सकिरा’ छैन, गठबन्धन नभएसि कसरी पुग्ने भन्देखुन्लाई !

— सधैँ सरकारमै पुग्नुपर्छ भन्ने के छ त...

— तिमीलाई छैन होला, हामीलाई त छ नि ! सरकारै नभएपछि चौरासीको चुनाव कसरी जित्छ ? उही आफ्नै चौरासी भए मात्रै हो अब । ल राख्दे फोन । (कट्) 
 

टिप्पणीहरू