स्कुल भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सवार गम्भीर घाइते

स्कुल भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सवार गम्भीर घाइते

चितवनमा एक विद्यालयको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । 

राप्ती नगरपालिका–२ को गडौलीस्थित राजमार्गमा भएको दुर्घटनामा नुवाकोटको विदुर नगरपालिका–३ का ५५ वर्षे मिठुबहादुर खड्का र ७१ वर्षे लोकबहादुर रिमाल घाइते भएका छन् । 

मोटरसाइकलमा सवार उनीहरुको टाउको र खुट्टमा गम्भीर चोट लागेकाले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ । 

स्थानीय आमा मन्टेश्वरी स्कुलको बा.१५ च ६९९६ नम्बरको मारुती भ्यानले बा. २७ प ६६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । प्रहरीका अनुसार भ्यान चालक २३ वर्षे अमिर चौधरीलाई नियन्त्रण लिएर अनुसन्धान थालिएको छ ।
 

टिप्पणीहरू