पश्चिम बंगालकी मुख्यमन्त्री ममता दुर्घटनामा सिकिस्त

पश्चिम बंगालकी मुख्यमन्त्री ममता दुर्घटनामा सिकिस्त

भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी घाइते भएर अस्पताल भर्ना भएकी छन् । निधारबाट रगत बगेकी बनर्जी कहाँ घाइते भएको भन्नेबारे केही बताइएको छैन । 

त्रिणमूल कँग्रेसको अध्यक्षसमेत रहेकी ममता बिरामी भएको सम्बन्धमा तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले सडक दुर्घटना भन्ने ब्यहोरा उल्लेख गरेका छन् । उनले सडक दुर्घटनामा घाइते भएकी ममताको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

घटनाबारे पश्चिम बंगाल सरकार,उनको पार्टी र परिवारका सदस्यहरुले थप केही बताएका छैनन् ।

टिप्पणीहरू