सांसद बितेपछि संसद बैठक स्थगित

सांसद बितेपछि संसद बैठक स्थगित

जनता समाजवादी पार्टी (जसपा) की सांसद मञ्जु शर्मा अन्सारीको निधनमा प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको छ ।

आज बसेको बैठकले सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको हो । अन्सारीको निधनको शोकमा एक मिनेट मौनधारण पनि गरिएको थियो ।

बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पढेर सुनाउनुभएको थियो । त्यसपछि चैत ५ गते सोमबार बिहान ११ बजे बस्नेगरि आजको बैठक स्थगित गरिएको छ । सांसदको निधनमा शोक प्रस्ताव पारित गरेपछि त्यस दिन बैठक नबस्ने प्रचलन छ ।

६० वर्षीय अन्सारीको आज उपचारका क्रममा सिभिल अस्पतालमा निधन भएको हो । जसपाको पोलिटब्यूरो सदस्यसमेत रहेकी उनी समानुपातिक सांसद थिइन् ।
 

टिप्पणीहरू