आश्रमम बस्दै आएकी वृद्धाको शव पोखरीमा

आश्रमम बस्दै आएकी वृद्धाको शव पोखरीमा
सुन्नुहोस्

चितवनमा एक वृद्धा मृत भेटिएकी छन् । रत्ननगर नगरपालिका–१२, सालघारीस्थित पोखरीमा ८४ वर्षीया मनकुमारी पोखरेल मृत अवस्थामा फेला परेको बताइएको छ । 

स्थानीय जिरौनास्थित कृष्ण मन्दिर आश्रममा चार दशकदेखि बस्दै आएकी गोरखाकी उनी गएराति मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय, रत्ननगर टाँडीबाट खटिएको टोलीले घटनास्थलको मुचुल्कापछि आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

टिप्पणीहरू