गुडिरहेको मोटरसाइकलमा आगलागी, क्षणभरमा खरानी

गुडिरहेको मोटरसाइकलमा आगलागी, क्षणभरमा खरानी

काठमाडौंको पेप्सीकोलामा गुडिरहेको मोटरसाइकलमा आगो लागेको छ । स्थानीय २८ वर्षका तुलब दर्लामीले हाँकेको बा. ९७ प ९८३ नम्बरको मोटरसाइकलमा आगलागी भएको बताइएको छ ।

साँझको समयमा जडिबुटी–पेप्सीकोला सडकमा गुडिरेको अकस्मात आगो लागेको थियो । मोटरसाइकलको तार सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । आगलागीबाट मोटरसाइकल पूर्ण रुपमा जलेको छ ।

टिप्पणीहरू