गुडिरहेको मोटरसाइकल पसलमा छिरेपछि...

गुडिरहेको मोटरसाइकल पसलमा छिरेपछि...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् । 

तुलसीपुर उपमहानगरपालिका– ७, प्रसेनीमा भएको दुर्घटनामा चालक १९ वर्षीय मनिष विक, मोटरसाइकलमा सवार १७ वर्षीय सुरज महत र ४५ वर्षीय लोकबहादुर हलवाई घाइते भएको बताइएको छ । 

उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घाइतेमध्ये मनिषको अवस्था गम्भीर रहेको जानकारी दिइएको छ । 

आज बिहान ११ बजेतिर तुलसीपुरतर्फ जाँदै गरेको रा.२ प ७१७३ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई पसलमा छिरेको थियो । पसलमा करिब ५० हजार बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।
 

टिप्पणीहरू