सितारामले चोरे कुतकुते मन्दिरको मूर्ति

सितारामले चोरे कुतकुते मन्दिरको मूर्ति
सुन्नुहोस्

धादिङमा मूर्ति चोरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

थाक्रे गाउँपालिका–६ महादेव बजारमा रहेको कुतकुते महादेवश्वर मन्दिरबाट राधाकृष्ण र गणेशको मूर्ति चोरेको अभियोगमा ३८ वर्षीय सिताराम घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय मल्डुङका घिमिरेलाई प्रहरीले हिजो दिउँसो पक्राउ गरेको हो । प्रहरीले आग्रा खोलाबाट उनी चोरिएका मूर्तिसहित फेला परेको जनाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू