प्रधानमन्त्री भेट्न बालुवाटार पुगे देउवा

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे देउवा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने, संसदको गतिरोध अन्त्य गर्नेलगायतका विषयमा छलफल भएको छ । 

त्यस्तै, संसद्मा विचाराधीन विधेयकहरु अगाडि बढाउन प्रधानमन्त्रीले काँग्रेसको सहयोग खोजेको र देउवाले सकारात्मक जवाफ दिएको बताइएको छ  

प्रधानमन्त्रीले काँग्रेसलाई छोडेर नयाँ सत्ता समीकरण बनाएपछि देउवा पहिलोपटक बालुवाटार पुग्नुभएको हो ।

टिप्पणीहरू