सिभिल हस्पिटलका कर्मचारी सँधै धर्नामा
राजधानीको मीनभवनस्थित सिभिल हस्पिटलमा कार्यरत करार कर्मचारीहरुले पाँच बुँदे माग पूरा गराउन राखेको धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
रेडियोलोजीतर्फका कर्मचारीहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट पदोन्नती गर्ने निर्णयविरुद्ध उनीहरुले कालो ब्यानरसहित धर्ना दिँदै आएका छन् ।
उनीहरुले करार कर्मचारी हित संघर्ष समिति नै बनाएर साढे दुई महिनायता लगातार विरोध कार्यक्रम सञ्चालन गरेका हुन् । आज पनि विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर हस्पिटलको प्रशासन भवन अगाडि धर्ना दिइएको छ ।
करार सेवामा कार्यरत कर्मचारीलाई पूर्ववत सेवा र सुविधा कायम राख्नुपर्ने, स्थायीको प्रक्रियामा लैजानुर्ने उनीहरुको माग छ । प्लेकार्डमा न्यायपूर्ण समानता तथा पेशागत सुरक्षा एवम् सामाजिक सुरक्षाकोष कायम गरिनुपर्ने उल्लेख छ ।
टिप्पणीहरू