यता कर्णदासको भीसा लाग्यो,उता टिकट सोल्ड आउट

यता कर्णदासको भीसा लाग्यो,उता टिकट सोल्ड आउट
सुन्नुहोस्

अस्ट्रेलियाको एडमन्सनपार्क- बार्डिया नेपलिज कम्युनिटीको आयोजनामा आगामी अप्रिल ५ तारिख शुक्रबार लोकप्रिय गायक कर्णदासले आफ्नो सांगीतिक प्रस्तुति दिने तय भएको छ ।

लिभरपुलस्थित स्थानीय क्याथोलिक क्लबमा आयोजना हुने सो सांगीतिक साँझको टिकट सबैजसो बिकिसकेको आयोजकले दाबी गरेका छन् । 

कम्युनिटीका अध्यक्ष एवं युवा सामाजिक अभियन्ता रन्जितराज वन्तले नेपाली नयाँ वर्षको अवसर पारेर “अब आउने साल” कार्यक्रम गरिएको र भीसालगायतका सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिएका छन् । 

जनआस्थासंगको कुराकानीमा वन्तले भने,"स्थानीय व्यवसायी र समाजसेवीहरूले कर्णदास सांगीतिक साँझप्रति देखाएको चासो र विश्वासका कारण यो कार्यक्रमले सफलता चुम्नेमा ढुक्क छौँ,हामीले कार्यक्रमका लागि स्थानीय क्लबको हल लिएका हौं,अहिले टिकट सोल्डआउटको स्थितिमा पुगेकाले हल बढाउनुपर्ने पनि हुन सक्छ । जुन सुविधा स्थानीय क्लबको भवनमा छ ।”

कार्यक्रममा सिड्नीमै रहेकी गायिका सुजाता उपाध्याय र नेपाल आइडल सिजन ४ का प्रतिस्पर्धी आदेश पौडेलले पनि सांगीतिक प्रस्तुति दिने जनाइएको छ ।

सफाईर स्टेट एजेन्ट लेपिंगटन र एम्पायर होम्स एण्ड कन्स्ट्रक्सनको मुख्य प्रायोजक रहेको कार्यक्रममा अन्य व्यापारिक संस्थाहरूले पनि सहयोग गरेका छन् ।
 

टिप्पणीहरू