फिल्म खेल्दै ऋषि धमला

फिल्म खेल्दै ऋषि धमला
सुन्नुहोस्

पत्रकार ऋषि धमलाले पनि फिल्म खेल्ने भएका छन् । ‘भाइरल गोर्खे’को निर्माण पक्षले उनलाई फिल्म खेलाउन लागेको छ ।  

कमेडी ड्रामा जनरामा बन्न लागेको यो चलचित्रको शुटिङ सुरु भइसकेको छ । अस्ति लमजुङको भुजुङमा शुभमुहूर्त गरिएको चलचित्रमा सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहने छन् । ‘छड्के’ फेम्ड निगम श्रेष्ठको निर्देशन रहेको यो चलचित्रको निर्माता विशाल ताम्राकार र महेश लामिछाने हुन् । 

पत्रकार धमला चलचित्रसँग जोडिएको यो पहिलो पटक होइन । चार वर्षअघि उनले ‘अनुराग’ निर्माण गरेका थिए । यसमा धमलाकै पत्नी एलिजा गौतमले अभिनेता समुन्द्र पण्डितसँग रोमान्स गरेकी थिइन् । तर, यो चलचित्र बक्स अफिसमा फ्लप भएको थियो । 

त्यसपछि एलिजा पुनः चलचित्र ‘घुँइचो’मा अनुबन्धित भइन् । आर.जे म्युजिक एण्ड मिडियाको ब्यानर र रामजी दैलेखीले निर्माण गर्ने भनिएको चलचित्रमा एलिजाले एडभान्स रकम लिएको तस्बिरसमेत सार्वजनिक भएको थियो । तर, अहिले यो चलचित्र बन्ने छाँटकाँट देखिएको छैन । 

अहिले एलिजा चलचित्रमाभन्दा पनि म्युजिक भिडियोमा व्यस्त देखिन्छिन् । सामाजिक सञ्जालमा पनि उनी सक्रिय हुन्छिन् ।

टिप्पणीहरू