सुंगुरको मिर्गौला फेरिएका बिरामी डिस्चार्ज

सुंगुरको मिर्गौला फेरिएका बिरामी डिस्चार्ज फोटो : मिचेल रोज, मासाचुसेट्स जनरल अस्पताल ।

अमेरिकामा सुंगुरको मिर्गौला फेरिएका एक जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । ६२ वर्षे ती बिरामी मासाचुसेट्स जनरल अस्पतालबाट घर फर्केको अस्पतालले जनाएको छ ।

उनको मिर्गौला फेल भएपछि अस्पतालका चिकित्सकले वंशानुणत हिसाबले तयार पारिएको सुंगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

नाम नखुलाइएका बिरामीमा प्रत्यारोपण गरिएको सुंगुरको मिर्गौलापछि अब मानव अंग प्रत्यारोपणमा उल्लेख्य सफलता हात लाग्ने अमेरिकी चिकित्सकहरुले बताएका छन् ।

 

टिप्पणीहरू