भारतीय मोटरसाइकलमा आएकाले १५ लाख लुटे

भारतीय मोटरसाइकलमा आएकाले १५ लाख लुटे

सिरहामा हतियार तेर्साएर १५ लाख ५० हजार रुपैयाँ लुटिएको छ । बैंकबाट झिकेर लैजाँदै गरिएको मनि ट्रान्सफरको उक्त रकम भारतीय नम्बर प्लेटको मोटरसाइकलमा चढेर आएकाले जिल्ला प्रहरी कार्यालय नजिकै लुटेको बताइएको छ ।

विष्णुपुर गाउँपालिकामा रहेको मनि ट्रान्सफरको १५ लाख ५० हजार रुपैयाँ सदरमुकामस्थित ग्लोबल आईएमई बैंकबाट झिकेर ल्याएको अवस्थामा महिसोथा जानेबाटो नजिक हतियार देखाएर लुटिएको प्रहरीले जनाएको छ ।

भारतीय नम्बरप्लेटको मोटरसाइकलमा आएका लुटेराहरुले स. ९ प ६३१० नम्बरको मोटरसाइकलमा उक्त रकम बोकेर गइरहेका पुरुषोतम यादवलाई हतियार देखाइएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार त्यसपछि उक्त नगद, विभिन्न बैंकका खाली चेक, मोबाइल लुटिएको हो ।

रकम ट्रान्सफर विष्णुपुर गाउँपालिका–१ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनि ट्रान्सफरको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
 

टिप्पणीहरू