अख्तियारद्वारा आरोपित इञ्जिनियरको भक्तपुरमा तीन रोपनी जग्गा

अख्तियारद्वारा आरोपित इञ्जिनियरको भक्तपुरमा तीन रोपनी जग्गा

लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दायर गरेको छ । 

भट्टराईले गैरकानूनी रुपमा सम्पत्ति आय आर्जन गरेको अख्तियारको आरोप छ । लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोपाइटरसँग घुस मागेर उनले भक्तपुरको गुण्डुस्थित करिब तीन रोपनी जग्गा खरिद गरेको पाइएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । 

उनले उक्त जग्गा आमा जनक नन्दनी भट्टराईको नाममा राखेको पाइएको हो । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम ८० लाख रुपैयाँ बिगो कायम गरी सरोजलाई हुने सजायसरह आमालाई पनि हुनुपर्ने र जग्गा जफत गर्न मागदाबीसहित मुद्दा दायर गरिएको जनाएको छ ।
 

टिप्पणीहरू