मुद्दा जिताइदिने भन्दै असई र वरिष्ठ हवल्दार रकम असुल्दै

मुद्दा जिताइदिने भन्दै असई र वरिष्ठ हवल्दार रकम असुल्दै

घुससहित पक्राउ परेका प्रहरी चौकी कान्तिबजार, महोत्तरीमा कार्यरत सहायक निरीक्षक (असई) शर्माप्रसाद यादव र वरिष्ठ हवल्दार मन्जितकुमार झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

आयोगको बर्दिबासबाट खटिएको टोलीले गत माघ २७ गते बीस हजार रुपैयाँ घुससहित उनीहरुलाई नियन्त्रणमा लिएपछि आज मुद्दा दायर गरेको बताइएको छ । 

अनुसन्धानको क्रममा सेवाग्राहीको जिल्ला अदालत महोत्तरीमा चलेको निषेधाज्ञा मुद्दामा भएको अन्तिम आदेश कार्यान्वयनका निम्ति आवश्यक मुचुल्काहरु तयार गर्न सहजीकरण गरिदिने नाममा घुस लिएको खुल्न आएको जनाइएको छ । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बीस हजार रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना र सजाय हुन मागदाबीसहित मुद्दा दायर गरेको हो ।

टिप्पणीहरू