भिक्षुलाई लात्ती हानिएको भिडियो भाइरल

भिक्षुलाई लात्ती हानिएको भिडियो भाइरल

हिजोदेखि सामाजिक सञ्जालमा एकजना भिक्षुमाथि प्रहरीले लात्ती हानेको भिडियो निकै भाइरल भएको छ । खासगरी धार्मिक अभियन्ता र मानव अधिकारकर्मीहरुले प्रहरीले भिक्षुमाथि ज्यादती गरेको जनाउँदै विरोध गरिरहेका छन् । यद्यपि, धेरैले उक्त भिडियोको यथार्थ थाहा नपाएको बताइन्छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भिडियोमा देखिएको घटना हिजो भद्रकालीमा भएको हो । राजेन्द्र महतो संयोजक रहेको राष्ट्रिय क्रान्ति अभियानको प्रदर्शनमा केही प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । 

त्यतिबेला प्रहरीले भूलवशः भिक्षुमाथि लात्ती प्रहार गरेको बताइन्छ । सोही भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाबारे छानबिन भइरहेको जिल्ला प्रहरी परिसर प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार हिजोको उक्त घटना नियोजित थिएन ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने प्रहरीको उक्त कार्यको आलोचना गरेका छन् ।

टिप्पणीहरू