डढेलोका कारण सिमरा विमानस्थल बिहान बन्द

डढेलोका कारण सिमरा विमानस्थल बिहान बन्द
सुन्नुहोस्

विमानस्थल वरपरका जंगलमा लागेको डढेलोका कारण सिमरा विमानस्थल आज पनि बिहान ९ बजेसम्म बन्द भएको छ । आकाशमा बाक्लो धुवाँ फैलिएका कारण आज बिहानैदेखि विमान उडान र अवतरण हुन नसकेको बताइएको छ ।

हिजो पनि बिहान ११ बजेपछि मात्रै उडान सञ्चालन भएको थियो । डढेलोका कारण हिजो बिहान भरतपुर विमानस्थलमा समेत उडान अवरुद्ध भएको थियो ।

टिप्पणीहरू