सहकारी ठगीमा गृहमन्त्रीको संलग्नता आरोप पेचिलो बन्दै

सहकारी ठगीमा गृहमन्त्रीको संलग्नता आरोप पेचिलो बन्दै
सुन्नुहोस्

प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेले बैठक आगामी बैशाख २ गते सम्मका लागि स्थगित गर्नुभएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको आरोप लगाउँदै नेपाली काँग्रेसले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएको छ । 

आजको बैठकको शून्य समयमा बोल्न सांसदहरूलई सभामुख घिमिरेले समय दिन खोजेपछि काँग्रेस र राप्रपाका सांसदहरूले बसेको स्थानबाट उठेर विरोध जनाएपछि बैठक चार दिनका लागि स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल संसदीय समिति गठन नभएसम्म बैठक चल्न नदिने र सत्ता पक्ष समिति गठन गर्न नहुने अडानमा बसेकाले सहकारी ठगीमा गृहमन्त्रीको संलग्नताको विषय थप पेचिलो बनेको छ ।

आजको बैठक प्रारम्भ भएपछि सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरु संसदीय छानबिन समिति गठन गर्नुपर्ने वा नपर्ने भन्ने विषयमा विभाजित हुँदै आफ्ना धारणा राखेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाली काँग्रेसले एउटा व्यक्तिमाथि बारम्बार प्रहार गरेको बताउँदै कानुनी उपचार खोज्न सल्लाह दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले हिजोको शान्तिपूर्ण प्रदर्शनमा गृहमन्त्रीले अनावश्यक धरपकड गरेकोमा रोष प्रकट गरेका छन् । उनले गृहमन्त्री लामिछानेलाई ‘बैगुनी’ को संज्ञा दिए ।

टिप्पणीहरू