जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी सामेल

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी सामेल

एनएमबी बैंकले ग्लोबल एलायन्स फर बैंकिङ भ्यालुज (जीएबीभी) का १७ अग्रणी बैंकको समूहसँग जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्न हातेमालो गरेको छ । 

‘फोसिल फ्रयुल नन प्रोलिफिकसेन ट्रिटी’ अनुमोदन गरेसँगै बैंक जीवाश्म इन्धनको अन्त्यको विश्वव्यापी अभियानमा एकाकार भएको हो । 

यो सन्धि हरित ऊर्जाको व्यवस्था, जीवाश्म इन्धनको वितस्तारको अन्त्य र वर्तमानको उत्पादनलाई निर्मुल पारी अन्तर्राष्ट्रिय हातेमालो गरेर पेरिस सम्झौताका लक्ष्यहरु हासिल गर्ने विश्वव्यापी प्रयास मानिन्छ । यो सन्धिप्रति प्रतिबद्धता जाहेर गर्ने वित्तिय संस्थाहरुको संख्या बढ्दो छ । 

योसँगै जलवायु संकटको मूल कारण तेल, ग्याँस र कोइरालाको उत्पादन तथा प्रयोगलाई सम्बोधन गर्न विश्वव्यापी प्रयासमा महत्त्वपूर्ण कदम अघि बढेको छ । यो कदमले उज्यालो, स्वच्छ भविष्यको प्रतिज्ञा गर्नुका साथै वातावरणीय कल्यणा र दीर्घकालीन दिगोपनलाई प्राथमिकता दिने एनएमबी बैंकको भनाइ छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले भने, ‘यसले जलवायु कार्यलाई अघि बढाउन र पेरिस सम्झौताका लक्ष्यहरुसँग पङ्क्तिबद्ध गर्ने, कार्बन उत्सर्जन प्रकटीकरण र व्यवस्थापनमा हाम्रा प्रयासलाई बढावा दिने प्रतिबद्धतालाई दर्साएको छ । हामी सचेत छौं कि जलवायु परिवर्तन हाम्रो समयको सबैभन्दा महत्त्वपूर्ण मुद्दामध्ये एक हो । र, हामी समाधानको हिस्सा बन्न प्रतिबद्ध छौं ।’

जीवाश्म इन्धनको निर्भरतामा कमी आउनुले स्वच्छ हावा, पानी, जमिन र मानवीय स्वास्थ्य र जीवनको गुणस्तरलाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने बैंकले जनाएको छ । यसले हरित अर्थतन्त्रमा आर्थिक वृद्धि र स्थिरतालाई प्रोत्साहन गर्दै दिगो विकासको ढाँचा प्रदान गर्ने बैंकको विश्वास छ ।
 

टिप्पणीहरू