रविको चुनौती गगनद्वारा स्वीकार

रविको चुनौती गगनद्वारा स्वीकार

सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति गठनको विषयलाई लिएर नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आरोप-प्रत्यारोपमा उत्रिएका छन् । 

सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नता पुष्टि हुने प्रमाण आफूसँग रहेको दाबी गर्दै थापाले संसदीय समितिमा आएर 'क्लिन चिट' लिन चुनौती दिएपछि यी दुई युवा नेता आमनेसामने भएका हुन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा थापाले दोषी नभए छानविनका लागि किन डराएको भन्दै लामिछानेमाथि प्रश्न गरेका थिए । सहकारी ठगीमा गृहमन्त्रीको संलग्नता ठहर हुने प्रमाण आफूसँग रहेको दाबी गर्दै उनले संसद्मै कागजसमेत देखाएका थिए । 

थापाले भनेका थिए, ‘गृहमन्त्रीमाथि कहीँ अभियोजन भएको छैन, अनुसन्धान भएको छैन भनेर झुट बोल्ने ? रुपन्देही प्रहरी कार्यालयले गरेको अनुसन्धान, त्यहाँको अदालतमा भएका प्रमाणहरू पेश गरौँ ? सहकारीमा आफैँले लिखित गरेर माग फारम भरेर ऋण लिएको प्रमाण पेश गरौँ ? एक अर्ब रुपैयाँ अपचलन गरेका प्रमाणहरू पेश गरौँ ?’

त्यसको जवाफमा गृहमन्त्री लामिछानेले सहकारीबाट आफूले ऋण लिएको प्रमाणित गर्न चुनौती दिए । संसद भवन बाहिर पत्रकारसँग कुरा गर्दै उनले ऋण लिएको प्रमाणित गरे आफू राजनीति छाड्न तयार रहेको, अन्यथा थापाले राजनीति छाड्नुपर्ने बताए । 

'माननीय गगन थापाले आज गृहमन्त्रीले आफैंले हस्ताक्षर गरेर ऋण मागेको मसँग प्रमाण छ भन्नुभयो । मेरो चुनौती उहाँले त्यो प्रमाण दिनुभयो भने संसदीय समिति त के कुनै ठूलो कुरा होइन, किर्ते गरेको कुरा होइन, मैले लोन माग्नको लागि निवेदन दिएर ऋण मागेको प्रमाण छ भन्नुभएको छ नि त्यो दिनुभयो भने म राजनीति छोड्दिन्छु दिन सक्नुभएन भने उहाँले राजनीति छाड्नुपर्ने हुन्छ ।’

लामिछानेको उक्त चुनौती थापाले पनि स्वीकार गरेका छन् । गृहमन्त्रीको चुनौतीबारे पत्रकारले राखेको जिज्ञासमा उनले भने,  ‘संसदीय समितिबाट प्रमाणित गरे भइहाल्यो नि ! गगन थापालाई मात्र किन कांग्रेसलाई लज्जित गराइहाल्नुस् ।’ 

थापाले प्रमाण ल्याउन नसके राजनीति छोड्ने बताउँदै लामिछानेलाई उल्टै चुनौती पनि दिएका छन् । 

कांग्रेसले सहकारीको रकम हिनामिनामा गृहमन्त्री लामिछानेको संलग्नता रहेको दाबी गर्दै उनीमाथि छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै आएको छ । तर, उक्त मागमा सत्तापक्ष सहमत नभएपछि संसद्को अघिल्लो अधिवेशनका बैठकहरु अवरुद्ध पारेको काँग्रेसले आज बजेट अधिवेशनको पहिलो बैठकमा पनि सोही अडान दोहोर्यायो । 

समिति गठनको माग गर्दै कांग्रेसले आज दुई पटक

टिप्पणीहरू