चेलीबेटी बेचबिखनको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ

चेलीबेटी बेचबिखनको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ

रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घले पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनलाई काठमाडौंबाट समातेको हो । 

उनीविरुद्ध मानव बेचबिखनसम्बन्धी पुरानो मुद्दा रहेको र हाल अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले बताए ।

उनले भने,‘उहाँविरुद्ध मानव बेचबिखनसम्बन्धी एउटा पुरानो मुद्दा रहेछ । हामीले उहाँलाई एकछिन अघि ब्यूरो ल्याइपुर्याएका छौं । उहाँमाथि हाल अनुसन्धान भइरहेको छ ।’

अध्यक्ष घलेउपर मानव बेचबिखनविरुद्धको कसूर गरेको आरोप छ । उनले नेपाली महिलाहरुलाई कुवेत पठाउँछु भनेर श्रीलंका पुर्याएको भन्दै २०७३ सालमा मुद्दा पनि दायर भएको छ ।

नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित घलेको यो दोस्रो कार्यकाल हो ।
 

टिप्पणीहरू