‘मोडिफाई’ गरिएका मोटरसाइकल चालकलाई प्रहरी खोरमा राखिँदै

‘मोडिफाई’ गरिएका मोटरसाइकल चालकलाई प्रहरी खोरमा राखिँदै

स्वरुप परिवर्तन ‘मोडिफाई’ गरिएका आधा दर्जन मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीको सहकार्यमा सात वटा मोटरसाइकल नियन्त्रणमा लिइएको बताइएको छ । 

पोखरा महानगरपालिका ६, लेकसाइड एरियामा पार्किङ्ग गरेर राखिएको अवस्थामा मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ती मोटरसाइकलका चालकलाई थुनामा राखेर कानुनी कारबाही अघि बढाइने प्रहरीको भनाइ छ । 

जिल्लामा मोटरसाइकलको स्वरुप परिवर्तन गरी ध्वनी प्रदूषण गराउने कार्य अत्याधिक बढेपछि प्रहरीले कडाइ गरेको छ । चर्को आवाजमा ध्वनी प्रदूषण गराउने, साइलेन्सर पाइपबाट आगो निकाल्ने, सिट, रंग, नम्बर प्लेट, लुकिङ्गग्लास, ह्याण्डल, इन्जिन, चेसिसको स्वरुप परिवर्तन गर्नेलाई कारबाही गरिएको छ ।

मोटरसाइकलको स्वरुप परिवर्तन नगर्न विभिन्न वर्कसप, रिकण्डिसन हाउसलगायतमा प्रहरीले स्टिकर टाँसेको छ ।

टिप्पणीहरू