बालबालिकाको खेलौना प्रहरीद्धारा बरामद

बालबालिकाको खेलौना प्रहरीद्धारा बरामद

बालबालिकाले खेलौनाको रुपमा प्रयोग गर्ने प्लास्टिकका झण्डै दुई हजार थान बाजा प्रहरीले बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले आज एक हजार ९१५ थान प्लास्टिकका बाजा नियन्त्रणमा लिएको हो । 

बिभिन्न चाडपर्व, मेला महोत्सवमा ध्वनी प्रदूषण हुने गरी बाजा बजाएको स्थानीयको गुनासोका आधारमा पोखरा महानगरपालिका वडा नम्बर ३ तेर्सापट्टी र वडा नं. ६ लेकसाईड क्षेत्रबाट बाजा बरामद गरिएको जिप्रका कास्कीले जनाएको छ । 

लेकसाइडमा आयोजना हुन गइरहेको ‘१९ औं फेवा महोत्सव तथा नयाँ वर्ष २०८१’ लाई मध्यनजर गर्दै ध्वनी प्रदूषण कम गर्न यस्ता बाजाहरु नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

टिप्पणीहरू