खाजाघरमा यौनधन्दा, नाबालिकासहित सात जनाको उद्धार

खाजाघरमा यौनधन्दा, नाबालिकासहित सात जनाको उद्धार
सुन्नुहोस्

काठमाडौँको तारकेश्वरस्थित एउटा खाजाघरमा यौनधन्दा चलाउने गरेको पाइएको छ । 

तारकेश्वर नगरपालिका–११, हिलेटोलस्थित पश्चिम युना खाजाघरमा नाबालिका समेतलाई जबर्जस्ती यौनधन्दामा संलग्न गराउने गरेको सार्वजनिक भएको हो । वेश्यावृत्ति गराएको अभियोगमा प्रहरीले खाजा घर सञ्चालक बर्दिया घर भएकी २६ वर्षीया मुनु गुरुङलाई पक्राउ गरेको छ । 

नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई हिजो नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार मुनुले खाजाघरमा नाबालिकाहरुलाई विभिन्न डरत्रास र प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको अनुसन्धानबाट खुलेको छ । 

उनीउपर मानव बेचविखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । खाजाघरबाट दुई नाबालिकासहित सात युवतीको उद्दारसमेत गरिएको थियो ।

टिप्पणीहरू