फेवातालमा युवती डुबेपछि रेस्क्यु वाच टावरबाट लगत्तै उद्धार

फेवातालमा युवती डुबेपछि रेस्क्यु वाच टावरबाट लगत्तै उद्धार

पोखराको फेवातालमा डुबेकी २५ वर्षीया युवतीको अवस्था सामान्य रहेको बताइएको छ । हिजो दिउँसो डुंगा पल्टिएर तालमा डुबेकी काठमाडौं महानगरपालिका–१७ सामाखुसीकी अग्नी देवकोटालाई सशस्त्र प्रहरीको गोताखोर टोलीले सकुशल उद्धार गरेको बताइएको छ ।

देवकोटा तालमा खसेको बाराही घाटस्थित रेस्क्यु वाच टावरमा खटिएको टोलीले देखेपछि तत्काल उद्धार गरिएको थियो । टोलीले तत्काल किनारमा ल्याएको सशस्त्रको कालिका गणले जनाएको छ ।
 

टिप्पणीहरू