एमाले बैठकमा उपनिर्वाचनलगायत विषयमा छलफल गरिँदै

एमाले बैठकमा उपनिर्वाचनलगायत विषयमा छलफल गरिँदै

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय, च्यासलमा भोलि डाकिएको बैठकमा बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वाचनबारे छलफल हुने बताइएको छ ।

त्यसैगरी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस र समसामयिक राजनीतिक विषयमा पनि छलफल गर्ने एजेण्डा तय भएको छ । 

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा हुँदैछ ।

टिप्पणीहरू