रामनवमीमा बिहान पूजापाठ, साँझ आरती

रामनवमीमा बिहान पूजापाठ, साँझ आरती
सुन्नुहोस्

आज रामनवमी पर्व मनाइएको छ । मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी रामनवमी मनाइएको छ ।  

सो अवसरमा राम मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ । राजधानीका बत्तिसपुतली र पशुपतिनाथस्थित राममन्दिरमा बिहानैदेखि लागेको भक्तालुहरुको घुइँचो साँझमा पनि उत्तिकै छ ।

हरेक वर्ष चैत्रशुक्ल नवमीका दिनलाई राम नवमीका रुपमा मनाइन्छ । असत्यमाथि सत्यको विजय र भगवान् श्रीरामको जन्मजयन्तीका अवसरमा यस दिन विशेष पूजापाठ गरिन्छ । 

आजका दिन व्रत बसेर श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ बास हुने धार्मिक विश्वास छ । बिहान पूजापाठ गरिएका राम मन्दिरहरुमा साँझ परेपछि धुमधामसँग आरती गरिएको छ ।

टिप्पणीहरू