जमान जफतपछि मिलन लिम्बूको विजयी सुहाङलाई बधाई

जमान जफतपछि मिलन लिम्बूको विजयी सुहाङलाई बधाई

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा लज्जास्पद हार व्यहोरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार मिलन लिम्बूले निर्वाचनमा भएको प्रतिस्पर्धा व्यक्तिगत नभएको प्रतिक्रिया दिएका छन् ।

विजयी उम्मेदवार नेकपा एमालेका सुहाङ नेम्वाङलाई बधाई दिँदै उनले आफूहरुको प्रतिस्पर्धा इलामको पक्षमा काम गर्ने सन्दर्भमा रहेको उल्लेख गरेक छन् । 

लिम्बूले सामाजिक सञ्जालमा नेम्वाङसँगको तस्बिर सेयर गर्दै इलामेली जनताको पक्षमा काम गर्न आग्रहसमेत गरेका छन् ।

‘बधाई मित्र सुहाङ ! एउटा प्रक्रियामा हामी प्रतिस्पर्धी थियौँ । हाम्रो प्रतिस्पर्धा व्यक्ति–व्यक्तिबिचको नभएर इलाम र इलामेली जनताको पक्षमा काम गर्ने सन्दर्भमा थियो’, उनले भनेका छन्, ‘तपाईंको जित तपाईं अर्थात् एउटा व्यक्तिको मात्र जितको रूपमा कायम हुने छैन, समग्र इलाम र इलामेली जनताको जितमा रूपान्तरण हुने अपेक्षासहित हार्दिक बधाई तथा शुभकामना !’

नेम्बाङले २७ हजार ७७२ मत प्राप्त गर्दा लिम्बूले ५ हजार ५० मत पाएका छन् । निर्वाचन अघि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो उम्मेदवार विजयी हुने आकलन गरेपनि अहिले जमानत जफत भएको छ ।

टिप्पणीहरू