सिद्धार्थनगरमा माछापुच्छ्रेको आफ्नै भवन

सिद्धार्थनगरमा माछापुच्छ्रेको आफ्नै भवन

माछापुच्छ्रे बैंकले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ स्थित नवनिर्मित कार्यालय भवनको शुभारम्भ गरेको छ । 

मंगलबार एक औपचारिक कार्यक्रमका बीच नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँ र बैंकका अध्यक्ष रोशन केसीले भवनको समुद्घाटन गरेका हुन् । कार्यक्रममा मेयर खाँले बैंकले आफ्नै नयाँ कार्यालय भवनबाट कार्य शुभारम्भ गरेकोमा खुशी व्यक्त गर्दै अझै उचाईमा लाग्न बैंक सञ्चालक एंव व्यवस्थापन समितिलाई शुभकामना दिए ।

त्यस्तै, बैंकका अध्यक्ष केसीले पनि हरेक क्षेत्र र वर्गमा बैंकिङ्ग सेवा पुर्याउने लक्ष्यका साथ काम गरिरहेको बताए । 

लुम्बिनी प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्न पाउँदा निक्कै हर्ष लागेको बताउँदै बैंकले गुणस्तरीय सेवा प्रदान गर्न कुनै पनि कुरामा सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

टिप्पणीहरू