नेपाली सेनामा ठूलो संख्यामा भर्ना खुल्यो

नेपाली सेनामा ठूलो संख्यामा भर्ना खुल्यो

नेपाली सेनाले ठूलो संख्यामा भर्ती खुलाएको छ । सेनाले रिक्त रहेका विभिन्न सैन्य तथा फलोअर्स पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । 

सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागको सूचनामा दुई हजार ६१५ संख्यामा भर्ना मागेको उल्लेख छ । आजदेखि आगामी जेठ ५ गतेसम्म आवेदन दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर थप एक हप्तासम्म फाराम बुझाउन पाइने सूचनामा उल्लेख छ । 

सैन्यमा दरखास्त दिनका लागि कक्षा ८ अनिवार्य उत्तीर्ण गरेको हुनुपर्नेछ । त्यस्तै, विभिन्न ट्रेड फलोअर्सका लागि साधारण लेखपढ गर्न सक्ने भएपुग्छ ।

टिप्पणीहरू