रंगीचंगी फूलले दुर्गन्धित क्षेत्र पनि मनमोहक (फोटो फिचर)

रंगीचंगी फूलले दुर्गन्धित क्षेत्र पनि मनमोहक (फोटो फिचर)
सुन्नुहोस्

दुर्गन्धित धोबीखोलाले हिजोआज मुहार फेर्दै गएको छ । काठमाडौं महानगरपालिकाले खोलानाला सरसफाइ अभियानलाई तीब्रता दिएसँगै धोबीखोला किनार सफा भएको बताइन्छ । 

चैत मध्यदेखि धोबीखोला कोरिडोरको रातोपुल र कालोपुलबीचको सडकमा ढकमक्क बेगमबेली फूलेका छन् । यसबाट धोबीखोला क्षेत्र झनै सुन्दर देखिएको छ । 

रङ्गीचङ्गी बेगमबेलीले उक्त मार्ग भएर आउजाउ गर्ने पैदलयात्रीदेखि सवारी चालकसम्मलाई मन्त्रमुग्ध बनाउने गरेको छ । सो क्षेत्रमा फुलेका विभिन्न किसिमका फूलले सडक किनार झनै मनमोहक देखिन्छ ।

टिप्पणीहरू