बाग्मतीको बजेटमा सुझाव माग

बाग्मतीको बजेटमा सुझाव माग
सुन्नुहोस्

बाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणअघि सरोकारवाला पक्षसँग सुझाव मागेको छ । 

आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भइसकेको जानकारी दिँदै मन्त्रालयले त्यसमा समावेश गर्न उपयुक्त हुने विषय समेटेर सुझाव पठाउन अनुरोध गरेको हो । विभिन्न संघसंस्था, वृद्धिजीवी, विज्ञ, राजैनितिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकलाई यही वैशाख मसान्तभित्र सुझाव पठाउन भनिएको छ । 

‘आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयहरुका सम्बन्धमा आफ्ना अमूल्य सुझावहरु आगामी २०८१ वैशाख मसान्तभित्र यस मन्त्रालयमा उपलब्ध गराई सहयोग गरिदिनुहुन विभिन्न संघसंस्था, बृद्धिजीवी, विज्ञ, राजैनितिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकलाई हार्दिक अनुरोध गरिन्छ,’ सूचनामा उल्लेख छ । 

सुझाव मन्त्रालयको इमेल ठेगाना वा बजेट तथा कार्यक्रम शाखामा उपलब्ध गराउन सकिने जनाइएको छ ।

टिप्पणीहरू