साइकलमा आएर सिक्री लुटपाट, भाग्दै गर्दा पक्राउ

साइकलमा आएर सिक्री लुटपाट, भाग्दै गर्दा पक्राउ

घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने क्रममा प्रहरीले एक जनालाई समातेको छ । झापाको मेचीनगर नगरपालिका–१३ तेलिबारी बस्ने ३९ वर्षीय दिवश राजवंशी सिक्रीसहित पक्राउ परेका हुन् । 

हिजो राति सोही नगरपालिका–१३, श्रीनाथ पेट्रोल पम्प नजिक पूर्व-पश्चिम राजमार्गमा पैदल हिँडिरहेकी स्थानीय २१ वर्षकी रचना आङदाम्वेले घाँटीमा लगाएको एक तोलाको सुनको बिक्री थुतेर उनी फरार भएका थिए । साइकलमा आएर अचानक घाँटीबाट सिक्री तानेर भागेका  उनलाई प्रहरीले त्यतिबेलै नियन्त्रणमा लिएको हो । 

प्रहरीले उक्त सुनको सिक्री र साइकल बरामद गरेको छ । यस सम्बन्धमा इलाका प्रहरी कार्यालय, धुलाबारीले आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
 

टिप्पणीहरू