राजासँगै आएका १५ जना कतारी अधिकारीहरु दक्षिण कोरिया प्रस्थान

राजासँगै आएका १५ जना कतारी अधिकारीहरु दक्षिण कोरिया प्रस्थान
सुन्नुहोस्

कतारका अमिर (राजा) शेख तामिन बिन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौंमा छन् । हिजो चार वटा विमानमा आएका ३८ जना कतारी अधिकारीहरुमध्ये आज एउटा विमानमा १५ जना दक्षिण कोरियातर्फ प्रस्थान गरेका छन् । 

कल साइन क्युक्युइ ५७७ विमानमा ती अधिकारीहरु बिहान ७ बजे काठमाडौंबाट सिओलतर्फ प्रस्थान गरेका हुन् । अमिर राजकीय भ्रमण सम्पन्न गरेर आजै दिउँसो २ बजे स्वदेश फर्कने कार्यक्रम छ ।

नेपालको भ्रमणका लागि अमिरसँगै हिजो ३८ जना प्रतिनिधि र १९ जना चालक दलका सदस्य कल साइन क्युएएफ ६ विमानमा ढाकाबाट काठमाडौं आएका थिए ।

टिप्पणीहरू