प्रधानमन्त्री र राजाबीच होटलमा ‘वान टु वान’ वार्ता

प्रधानमन्त्री र राजाबीच होटलमा ‘वान टु वान’ वार्ता
सुन्नुहोस्

नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । उहाँहरुबीच होटल सोल्टीमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री र थानीको ‘वान टु वान’ भेटवार्तापछि प्रतिनिधिमण्डलबीच वार्ता शुरु भएको छ । वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनका द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारी अमिर हिजो दिउँसो काठमाडौं आएका थिए । हिजै साँझ राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता भएको थियो । 

राष्ट्रपतिले अमिरको सम्मानमा हिजो राति सोल्टी होटलमा राजकीय रात्रिभोजको आयोजना गर्नुभएको थियो । प्रधानमन्त्रीले कतारी राजाको सम्मानमा आज होटल द्वारिकाजमा दिवा भोजको आयोजना गर्दै हुनुहुन्छ । 

दिवाभोजपछि अमिर नेपाल भ्रमण सम्पन्न गरेर दिउँसो २ बजे स्वदेश फर्कने कार्यक्रम छ । राष्ट्रपति पौडेलले हिजो स्वागतमा झैँ आज पनि विमानस्थल पुगेर बिदाई गर्नुहुने छ ।

टिप्पणीहरू