इलाममा मतगणना शुरु, फाकफोकथुङको बाक्सा घोप्ट्याइयो

इलाममा मतगणना शुरु, फाकफोकथुङको बाक्सा घोप्ट्याइयो
सुन्नुहोस्

इलाम-२ मा भएको उपनिर्वाचनको मतगणाना शुरु भएको छ । सदरमुकामस्थित गौतम बुद्ध सभागृह (सिटी हल) मा केहीबेर अघिबाट गणना थालिएको हो ।

बिहान बसेको सर्वदलीय बैठकको निर्णयअनुसार फाकफोकथुङ गाउँपालिकामा रहेका मतदान केन्द्रका मतपेटिका खोलेर मतगणना शुरु बहेको छ । त्यसपछि क्रमश: चुलाचुली, माङसेबुङ गाउँपालिका र माइ, देउमाइ र इलाम नगरपालिकाको गणना हुनेछ । 

इलाम-२ का एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले हिजो उपनिर्वाचनमा मतदान गरेका थिए । उपचुनावमा १२ राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

टिप्पणीहरू