पत्रकारहरुद्वारा अधिवेशनस्थलमै विरोध प्रदर्शन

पत्रकारहरुद्वारा अधिवेशनस्थलमै विरोध प्रदर्शन

नेपाल पत्रकार महासंघले नयाँ सदस्यता नदिएपछि सप्तरीका पत्रकारहरु आन्दोलित भएका छन् । आफूहरुलाई नयाँ सदस्यता नदिइएको भन्दै उनीहरुले आजबाट शुरु भएको महासंघको सप्तरी शाखाको ११ औं अधिवेशन तथा साधारण सभा उद्घाटन समारोहमै विरोध प्रदर्शन गरेका हुन् । 

‘हामीलाई सदस्यता किन दिइएन ?’,‘के हामी अपराधी हौं ?’,‘सदस्यताको अधिकार किन खोसियो ?’,‘के हामी पत्रकार होइनौं ?’, लगायत नारा लेखिएका प्लेकार्ड बोकेर पत्रकारहरुले चर्को नाराबाजी गरेका थिए । 

उनीहरुले आउँदो निर्वाचनमा मतदान गर्नसक्ने अधिकारसहित सदस्यताको लागि बन्दसत्रमा पहल गरिदिन भन्दै महासंघका केन्द्रीय प्रतिनिधिलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । शाखाले नयाँ सदस्यताको सम्बन्धमा कुनै निर्णय नै नगरेर पत्रकारको अधिकार हनन गरेको उनीहरुको आरोप छ ।

टिप्पणीहरू