चितवनको माडी आन्दोलनबारे भरतपुरमा छलफल

चितवनको माडी आन्दोलनबारे भरतपुरमा छलफल

चितवनको माडीसम्म सुविधाजनक सडकलगायत पूर्वाधार विकासका लागि स्थानीयले यसअघि राखेको माग पूरा गराउन चरणबद्ध आन्दोलन गर्ने भएका छन् । चितवन राष्ट्रिय निकुञ्जभित्र भएर जानुपर्ने अवस्थामा सुविधासम्पन्न सडक र अन्य समस्या समाधानका लागि उनीहरुले पटक पटक पाएको आश्वासन पूरा नभएपछि संयुक्त आन्दोलनको चरणबद्ध तयारी थालेका हुन् ।

माडीलाई माया गर्ने र माडीसँग जोडिएका सम्पर्क मञ्चहरु र समृद्धिका लागि युवा अभियान माडीको संयुक्त आयोजनामा भरतपुरमा छलफल गरिएको छ । छलफलमा हालसम्म प्राप्त उपलब्धीलाई तार्किक निश्कर्षमा पुर्याउन पहल गर्ने सहमति भएको बताइएको छ । सहभागी एक जनाले भने, ‘निकुञ्जभित्रको सडकको सम्बन्धमा साझा मुद्दा बनाएर अघि सरेमा उपलब्धी हासिल हुन्छ ।’

उनीहरुले संयुक्त रुपमा आन्दोलन गर्ने, त्यसका लागि साझा प्लेटफर्म बनाउने र माडीमा सक्रिय संघ संस्थाहरूसँग थप बैठक र छलफल गर्नुपर्ने निश्कर्ष निकालेका छन् । त्यसका लागि बृहत्तर सचिवालय संघर्ष समिति तथा उपसमितिहरू निर्माण गर्ने हिजोको बैठकमा निर्णय गरिएको छ । 

हालका प्रधानमन्त्रीलगायत धेरैजसो नेताले माडीबासीलाई आकासेपुल, सुविधा सम्पन्न पिच सडकको आश्वासन दिएपनि कुनै पनि आश्वासन पूरा भएको छैन ।

आन्दोलनलाई व्यवस्थित र मर्यादित बनाउन राजनीतिक नेतृत्व, बुद्धिजिवी, युवालगायत सबैको राय, सल्लाह, सुझाव तथा ऐक्यबद्धताको आह्वान गर्ने भनिएको छ । बैठक माडी–भरतपुर सम्पर्क मञ्चकी अध्यक्ष विष्णु क्षेत्रीको अध्यक्षतामा बसको हो ।
 

टिप्पणीहरू